Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • अन्तरजातीय प्रेम विवाह : प्रेमीले धोका दिएपछि प्रेमिकाले गरिन् आत्महत्या

    अन्तरजातीय प्रेम विवाह : प्रेमीले धोका दिएपछि प्रेमिकाले गरिन् आत्महत्या

    अनलाइन नेपाल
  • मंगलबार, २६ साउन २०७८
  • 2.1K
    SHARES

    रामनारायण यादव / सप्तरी । प्रेमिले धोका  दिएपछि प्रेमिकाले आत्महत्या गरेकी छिन् । यो घटना सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्वर ७ पोखरियाको हो।

    पोखरिया गाउँका अन्दाजि २० वर्षीया ज्योति पासवान र छिमेकी २५ वर्षीय कृष्ण मिश्राको प्रेम सम्बन्ध बस्यो । दलित (पासवान) समुदायकी छोरी ज्योति र उच्च जात भनिने (ब्राह्मण)का छोरा कृष्णको प्रेम बसेको थियो ।



    दुबै जनाको घरपरिवारमा कसैलाई थाह थिएन । दुवैले सँगै मर्ने, सँगै जिउँने बाँच्ने (कसम) खाए । तर, उनीहरूले समाजमा रहेको जातीय भेदभावका कारण आफूहरुको प्रेम सफल हुने देखेनन् । आफू ब्राह्मणका छोरा भएकाले घरपरिवारले कुनै पनि हालतमा नस्वीकार्ने देखेपछि कृष्णले ज्योतिलाई भगाएर बिहे गर्ने योजना बनाए ।



    गत फागुन १० गते राति कृष्णले ज्योतीका घरपरिवार र उनको समुदायलाई जानकारी गराए । ज्योतिलाई लिएर जाने र आफू बिहे गर्ने प्रतिवद्धता गरे । ज्योतिको परिवारजनलाई जानकारी दिएर दुवै जना घरबाट हिँडे ।

    कृष्ण र ज्योति भागेर तीन महिनासम्म घर परिवारसँग टाढिएर बसे । कृष्णले समाजिक सञ्चाज फेसबुकमा दुबै जनाको फोटो अपलोड गरेका थिए । तर, आफू बसेको ठाउँको जानकारी कसैलाई दिएनन् । ज्योतिले घरपरिवारलाई भागेको केही समयपश्चात धनुषाको जनकपुरमा एक मन्दिरमा विवाह गरिसकेको बताएकी थिइन् ।

    भागेको झण्डै चार महिनापछि गएको असार २ गते सिरहास्थित लहानको पुष्पाञ्जली लजबाट ज्योतिले आफ्नो आमा इनरदेवी पासवानलाई फोन गरिन् ।

    प्रेमीले कोठामा छोडेर भागेपछि ज्योतिले आफ्नो आमालाई फोन गरेर सबै समस्या सुनाएपछि उनका घरबाट सो ठाउँ उनलाई लिन उनका आफन्त त्यहाँ पुगे ।

    ज्योतिका आमाका अनुसार उनी शनिबार बिहान खाना पकाइरहेकी थिइन् । घरमा कोही थिएनन् । आमा र बुबा घरभन्दा केही पर गाउँमै चियानास्ताको पसल थापेको रहेछ । उनका आका र बुबा पसल तिर गए सोही मौकामा उनले आत्महत्या गरेको हो ।

    जेठी छोरी आरतीले बुबालाई फोन गरेर घरमा चाँडो आउनुस् भनिन् । घर पुग्दा छोरीको अवस्था देखेर बुवा आमाको होसहवास उड्यो । करिब ८ बजे भान्छा कोठामा सलले पासो लागेको अवस्थामा ज्योतिको शव फेला पर्यो ।

    परिवारजनले छोरी ज्योति तनावमा आएर आत्महत्या गरेकी बताएका छन् ।

    ‘कृष्ण बेपत्ता भएदेखि कहिल्यै फोन सम्पर्क थिएन । कृष्णले धोका दिएको भन्दै ज्योति केही दिनदेखि तनावमा थिइन् । राति मेरी जेठी छोरी आरतीसँगै सुत्थिन्’, बुबा प्रमोदले भने ‘त्यो दिन हामी बुढाबुढी समान किन्न बाहिर गयौं । जेठी छोरी आरती पसलमा थिइन्। ज्योती घरमा खाना पकाउँदै थिइन् । एकछिनमा घर आउँदा छोरी झुण्डिसकेकी रहिछन् ।’

    कृष्णलाई भगाउनमा उनको घरपरिवार र समाजको संलग्नता रहेको ज्योतिको घरपरिवारको भनाइ छ । ज्योती तल्लो जातकै छोरी रहेकाले कृष्णलाई उनका बुबा अखिलेश मिश्र लगायत घरपरिवारले छाडेर भाग्न सल्लाह दिएको प्रमोदले बताए । कृष्णले ज्योतिलाई भगाएपछि सिँदुर लगाएको सँगैको तस्बीर बेलाबेला फेसबुकमा अपलोड गरेका थिए ।

    घटनापछि ज्योतीका परिवार लगायत दलित समुदायले दोषी कृष्णलगायत उनको परिवारलाई कारबाहीको माग गरेका छन् । ज्योतिलाई प्रेममा पारेर चार महिना यौन शोषण गरेर धोका दिएकै कारण तनावमा ज्योतिले आत्महत्या गरेको दलित समुदायका अगुवाहरूको भनाई छ ।

    सोमबार दलित अगुवासहित ज्योतिको परिवारजन दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय कडरबोना पुगेका थिए । सोही घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले पीडित परिवारको जाहेरी आएपछि घटनाको अनुसन्धानको तथ्यसहित कारबाही प्रक्रिया अघि बढाउने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार