Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल टेलिकमको आकर्षक अफर : 'सीयूजी'का लागि असिमित प्याकेजहरु

काठमाडौँ । नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप (सीयूजी) सेवामा आबद्ध हुने ग्राहकहरुको संख्यामा वृद्धि हुने क्रम जारी रहेको छ । कुनै संस्था-कार्यालयमा कार्यरत न्यूनतम दशजना मोबाइल प्रयोगकर्ताहरुलाई सीयूजी समूहमा आबद्ध गराउन सकिन्छ । सीयूजी सेवामा आबद्ध सदस्यहरु बीच निःशुल्क रुपमा अनलिमिटेड भ्वाइस कल गर्न, सस्तो दरमा डाटा चलाउन र एसएमएस पठाउन सकिन्छ भने सीयूजीमा आबद्ध नभएका नेपाल टेलिकमको नेटवर्क भित्रका अन्य नम्बरमा कुराकानी गर्न सकिन्छ ।

कर्पोरेट ग्रुपमा आबद्ध सदस्यहरुको आवश्यकतालाई दृष्टिगत गरी रु. २००, रु. ५००, रु. १००० र रु. १५०० दरका विभिन्न सीयूजी प्याकेजहरु उपलब्ध रहेका छन् ।

टेलिकमका अनुसार कम्पनीले उपलब्ध गराईरहेको यस सेवामा प्रिपेड मोबाइलका ग्राहकले रु. २०० को प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल बाहेक १०० मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) र १० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस सुविधा तथा ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने १ जीबी डाटा सुविधा प्राप्त गर्न सक्दछन् ।

त्यसैगरी, पोस्टपेड मोबाइलका ग्राहकले रु. ५०० को प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल बाहेक ५०० मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस सुविधा तथा १०० वटा अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने ५ जीबी डाटा सुविधा प्राप्त गर्न सक्दछन् ।

यी दुई बाहेक पोस्टपेड मोबाइलका ग्राहकले रु. १००० र रु. १५०० का अन्य प्याकेज समेत प्रयोग गर्न सक्दछन् । रु. १००० को प्याकेज अन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल वा मासिक जम्मा १००० मिनेट कल गर्न सकिन्छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिन्छ । साथै यस प्याकेजमा १० जीबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन सकिन्छ । यसैगरी रु. १५०० को प्याकेज अन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल गर्ने सुविधा वा मासिक जम्मा १५०० मिनेट कल गर्न सकिने सेवा लिन सकिन्छ । यस प्याकेजमा अन्य नेटवर्कमा २०० मिनेट कलका अतिरिक्त २० जीबी डाटा चलाउन र ४०० वटा एसएमएस पठाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077