Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने

बुटवल। लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गरेका छन्।

साउन २७ गते १ः ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए  ।

प्रदेशसभा सचिवालयले आज सूचना प्रकाशित गरी नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख शेरचनले प्रदेशसभाको बैठक आह्वान गरेको जनाएका छन्।

गत साउन १८ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

उनीहरुले उक्त अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन पनि बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077