Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • महेश बस्नेतको ओली मोह, संसदमै भने – केपी बा आइ लभ यु

    महेश बस्नेतको ओली मोह, संसदमै भने – केपी बा आइ लभ यु

    अनलाइन नेपाल
  • मंगलबार, १९ साउन २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले संसदमा कविता सुनाएका छन् ।

    आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेता बस्नेतले कविता सुनाएका हुन् । उनले कवितामा अघिल्लो सरकारको ढाकछोप र वर्तमान सरकारको आलोचना गर्दै अहिलेको सरकारलाई परमादेशवाला सरकारको संज्ञा समेत दिएका छन्।



    नेता बस्नेतले बचन गरेको कवितामा पूर्णत: पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिको मोह झल्किन्छ। उसो त उनी ओलीको ‘राइट ह्याण्ड’का रुपमा समेत परिचित छन।



    ‘अब जनता भन्दै छन् केपी बा आइ लभ यु । परमादेशवाला सरकार हटाइन्छ । जनादेशवाला सरकार ल्याइन्छ भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको आलोचना गरेका हुन्।

    यस्तो थियो संसदमा नेता बस्नेतले वाचन गरेको कविता :

    एसएसबीले तुइन काटे,
    जयसिंह धामी महाकालीमा डुबे,
    सरकार भन्छ मैन बस्
    समाचार नबनाउ,
    प्रधानमन्त्री भन्नुहुन्छ खोपो, खोप, खोप,
    कांग्रेसको मेयरको घरमा खोप
    उपसभापतिको घरमा खोप
    होटेलमा सत्तापक्षको कार्यकर्तालाई खापै खोप
    जनता दिनरभर लाइनमा खोप न सोप ।

    विचरा, सरकार व्यापारीलाई मन्त्री बनाउछ,
    दक्ष सचिव फेर्छ,
    वीर हस्पिटलका एमडी फेर्छ
    स्वास्थ्य माफियालाई संरक्षण गर्छ
    देशमा बाढी पीडित जनता रातह पाइनँ भनेर कराउँदै छ
    कांग्रेसमा विपक्षीहरु मन्त्री नपाए सत्तामा जान्न भन्दै छन् ।
    कांग्रेसका वडा अध्यक्षहरु नगरपालिकाको कार्यलयहरु फोड्दै छन् ।
    माओवादी जसपा भन्दैछन्,
    मन्त्री संख्या नबढाए सांसदले आत्महत्या गर्ने भए,
    दिमागमा आतंका ल्याए,
    भुकम्प ल्याए ।

    परमादेशबाट बनेको सरकार तीन हप्ता भएछ ।
    मन्त्री परिषद गठन भएन,
    न्युनतम साझा कार्यक्रम आएन,
    प्रधानमन्त्री, अब बेरोजगार भएका त्रीपाठीहरुलाई अदालत पठाउनुहोस् ।
    फलाना पार्टीका फलना मन्त्रीलाई मन्त्री बनाइ पाउँ भनेर परमादेश जारी गराउनुहोस्
    नत्र जनादेशविनाको सरकार चल्लाजस्तो देखिएन,
    अब जनता भन्दै छन् केपी बा आइ लभ यु । परमादेशवाला सरकार हटाइन्छ ।
    जनादेशवाला सरकार ल्याइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार