Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली सरकारको जनविरोधी निर्णय खारेज गर्नुपर्छ : रामकुमारी झाँकी

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेत्री एवं प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णयलाई वर्तमान सरकारले खारेज गर्नुपर्ने बताएकी छिन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै एमालेसांसद झाँक्रीले भनिन्, ‘सरकारले संविधानलाई ट्रयाकमा राख्न र सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन । पूर्ववर्ती सरकारले गरेका जनविरोधी कार्यहरुलाई खारेजी गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ ।’

यस्तै, सांसद झाँक्रीले जनविरोधी निर्णयको एउटा उदाहरण झापाको हदबन्दी बन्दा बढी विक्री गर्ने सरकारको निर्णय भएको बताउदै उनले सो निर्णय खारेजीको माग गर्दै झापाबाट एक प्रतिनिधि मण्डल नै काठमाडौं आएको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

यसैगरी, उक्त समयमा झाँक्रीले दार्चुलाको घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराएकी छिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077