Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महेश बस्नेतको प्रश्न– ‘आफ्नै सरकार ढाल्ने २२ सांसदलाई एमालेले कारबाही गरे अदालतले के गर्ला ?’

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले कर्णालीका सांसदहरुको विषयमा सर्वोच्च अदालतले गरेको फैसला स्वागतयोग्य भएको बताएका छन्। नेता बस्नेतले कर्णाली सांसदको फैसलालाई केन्द्रका सांसदहरुसँग जोडेर अदालतलाई प्रश्न पनि गरेका छन्।

‘बहुदलीय व्यवस्था र संसदीय प्रणालीमा यो फैसला साह्रै स्वागतयोग्य छ। देउवा सरकारको गठनमा आएको परमादेशको विषयमा सांसदहरूलाई पार्टी ह्विप नलाग्ने उलंघन गरे बापत कार्बाही गर्न नपाइने फैसला बेठीक भएको अनुभुति गरेको जस्तो देखिन्छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘त्यसो हुँदा अब अदालत सामु अर्को चुनौति थपिएको छ। मन्त्री हुन र अन्य लाभका निम्ति एमालेको सरकार ढालेर कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनाउन लाग्ने २२ जना संघीय सांसदहरुलाई पार्टीले कारबाही गरेको अवस्थामा अदालतले के गर्ला? पद कायम राख्ला कि नराख्ला?’

उनले अगाडि भनेका छन्, ‘यदि कायम राख्यो भने यो फैसला पनि कर्णाली प्रदेशमा एमाले बाहेकको गठबन्धनलाई बहुमत पु¥याएर सरकार चलाउन सहयोग गरेको जस्तो देखिनेछ र घुमाएर एमालेलाई नै धक्का पुराइएको हुनेछ अदालत थप विवादित र अविश्वसनीय बन्दै जानेछ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077