Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • नेपाल टेलिकमको सिमकार्ड छ ? यसरी लिनुहोस् सेवा 

    नेपाल टेलिकमको सिमकार्ड छ ? यसरी लिनुहोस् सेवा 

    अनलाइन नेपाल
  • सोमबार, १८ साउन २०७८
  • 11.1K
    SHARES

    त्यसपछि सन् १९५५ मा सरकारले सर्वसाधारणका लागि टेलिफोन लाइन वितरण सुरु गर्यो । नेपालमा टेलिफोन स्थापनाको ६४ वर्षको इतिहासले भन्छ– इन्टरनेट प्रविधिको विकासमा सबैभन्दा चाँडो विकास भने नेपालको टेलिफोन क्षेत्रले गर्यो ।



    हाल नेपाल टेलिकम, एनसेल, हेल्लो नेपाल, यूटीएलजस्ता टेलिफोन सेवा प्रदायक संस्थाले सेवा प्रवाह गरिरहेका छन् ।



    यहाँ नेपाल टेलिकमले हालसम्म कस्ता सेवा दिएको छ ? सेवा कसरी प्रयोग गर्ने र नेपालमा टेलिफोन लाइनको इतिहास कस्तो छ भन्ने जानकारी प्रस्तुत गरेका छौं ।

    यसरी लिनुहोस् सेवा

    1. मोबाइलको ब्यालेन्स थाहा पाउन *400# डायल गर्नुहोस् ।
    2. आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# डायल गर्नुहोस् ।
    3. कल फरवार्ड गर्न **21*98xxxxxxxx फरवार्ड गर्न चाहेको नम्बर# डायल गर्नुहोस् ।
    4. कल फरवार्ड क्यान्सिल गर्न ##002# डायल गर्नुहोस् ।
    5. कल वैटिङ सेवा सुचारु गर्न *43# डायल गर्नुहोस्, क्यान्सिल गर्न #43# डायल गर्नुहोस् ।
    6. डाटा प्याक तथा भ्वाइस प्याकसम्बन्धी नयाँ नयाँ अफर थाहा पाउन *1415# डायल गर्नुहोस् ।
    7. बाँकी डाटा र भ्वाइस प्याक थाहा पाउन *1415*5# डायल गर्नुहोस् ।
    8. मोबाइलमा CRBT राख्न *1455# डायल गर्नुहोस् र प्राप्त निर्देशनअनुसार गर्नुहोस् ।
    9. नमस्ते CREDIT सेवा सुचारु गर्न- आफैं हुन्छ
    10. नमस्ते CREDIT सेवा बन्द गर्न STOP लेखेर 1477 मा SMS गर्नुहोस् ।
    11. नेपाल टेलिकमको नम्बर इनक्वायरी सेवाका लागि १९७ मा फोन गर्नुहोस् ।
    12. नेपाल टेलिकमको मोबाइल ग्राहक सेवाका लागि १४९८ मा फोन गर्नुहोस् ।

    यस्तो छ विकास क्रम

    • १९१६   काठमाडौंमा पहिलो टेलिफोन लाइनको स्थापना
      १९५५   सर्वसाधारणको लागि पहिलो ३०० लाइनको Cross Bar Exchange को स्थापना
      १९५५   सर्वसाधारण नेपालीलाई टेलिफोन लाइन वितरण
      १९६३   काठमाडौंमा पहिलो १००० लाइनको Automatic Exchange को स्थापना
      १९६४   HF Radio Service द्वारा अन्तर्राष्ट्रिय (भारत तथा पाकिस्तान) दूरसञ्चार सेवाको सुरुवात
      १९८४   ग्रामीण दूरसञ्चार सेवाको सुरुवात
      १९९८   बंगलादेशसँग सिधा लिंकको स्थापना
      १९९९   जीएसएम मोबाइल सेवाको सुरूवात
      २०००   SDH Microwave Radio को कार्यान्वयन
      २०००   इन्टरनेट सेवाको सुरूवात
      २००१   पे फोन सेवाको सुरूवात
      २००२   पूर्व–पश्चिम राजमार्गमा अप्टिकल फाइबर बिच्छाउने कार्यको सुरूवात
      २००३   GSM प्रिपेड सेवाको सुरूवात
      २००४   नेपाल दूरसञ्चार संस्थान कम्पनी (नेपाल टेलिकम)मा परिवर्तन
      २००४   प्रिपेड कलिङ कार्ड (इजिकल) को सुरूवात
      २००४   IVR सेवा १६०० मार्फत एसएलसी नतिजा प्रकाशन कार्यको सुरूवात
      २००५   एडभान्स फ्रि फोन (Toll Free) सेवाको सुरूवात
      २००५   CDMA सेवाको सुरूवात
      २००५   टेलिफोन सोधपुछ सेवा (१९७) प्राइभेट कम्पनीमार्फत सञ्चालन गराउन थालिएको
      २००६   PSTN क्रेडिट लिमिट सेवाको सुरूवात
      २००६   काठमाडौं उपत्यकामा CDMA सेवाको सुरूवात
      २००६   PSTN भ्वाइस मेल सेवाको सुरूवात
      २००७   नेपाल–भारत अप्टिकल लिंकद्वारा इन्टरनेट ब्याण्डविथ वृद्धि
      २००७   CDMA Skyphone मा अन्तरदेशीय रोमिङ सेवाको सुरूवात
      २००७   GSM मोबाइलमा GPRS, 3G, CRBT सेवाको सुरूवात
      २००८   ADSL इन्टरनेट सेवाको सुरूवात
      २००९   CDMA पोस्टपेड मोबाइल सेवाको सुरूवात
      २०१०  EVDO सेवाको सुरूवात
      २०११   GSM  मोबाइलमा 3G Data कार्ड सेवाको सुरूवात
      २०११   First International Carrier Partner’s Meet को आयोजना
      २०१२   International Toll Free Service (ITFS) सेवाको सुरूवात
      २०१२   WiMAX सेवाको सुरूवात
      २०१२   IP CDMA सेवाको सुरूवात
      २०१२  Convergent Real Time Billing and Customer Support सेवाको सुरूवात
      २०१३   IP-based Wireline Network (NGN) सेवाको सुरूवात
      २०१४   WiFi सेवा सञ्चालनको सम्बन्धमा Mobile App को सुरूवात
      २०१५   FTTH सेवाको सुरूवात
      २०१५   सामाजिक सञ्जाल MEET सेवाको सुरूवात
      २०१६   NTPRO सेवाको सुरूवात
      २०१७   4G/LTE सेवाको सुरूवात (स्रोत : नेपाल टेलिकम)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार