Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्चद्वारा न्यौपाने र पन्थीलाई सांसदबाट हटाउनुको कारण माग

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेश सभाका सांसदद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई हटाउनुको कारण माग गरेको छ । एमाले प्रवेश गरेपछि माओवादी केन्द्रको सिफारिसमा प्रदेश सभा सदस्यबाट पदमुक्त गरिएका न्यौपाने र पन्थीले आफूहरुलाई बिनाकारण हटाइएको भन्दै पुनर्बहालीको मागसहित सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

निवेदकहरुले नेकपा (माओवादी केन्द्र), लुम्बिनी प्रदेश प्रदेश सभा सचिवालय, लुम्बिनी प्रदेशका सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाइ पुनर्बहालीको मागसहित निवेदन दिएका थिए ।

आइतबार भएको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भटराईको इजलासले उनीहरुलाई हटाउनुको कारणको मागसहित भदौ ८ गते दुवै पक्षलाई बोलाएको छ ।

न्यौपाने र पन्थीले आफूहरुलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधान विपरीत हटाइएको भन्दै साउन ७ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

माओवादी केन्द्रको पत्रको आधारमा सभामुख पूर्णबहादुर घर्तीले चैत २३ मा उनीहरुलाई निलम्बन गर्दै पद रिक्त भएको जानकारी दिएका थिए ।

उनीहरु तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को संयुक्त घोषणा पत्रका आधारमा निर्वाचनमा होमिएका थिए । त्यसैले पनि उनीहरुले एमाले प्रवेश गरेको भनेर हटाउन नमिल्ने जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077