Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पेरिसडाँडामा माओवादी स्थायी समितिको बैठक, मन्त्री बन्नेहरुको नाम टुंगोमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी समिति बैठक जारी रहेको छ।

बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको र आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामसमेत टुंगो लगाउने जनाइएको छ।

यस्तै, आजको बैठकले आगामी साउन २० गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने र पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए। नेता नेपाललाई भेट्न प्रचण्ड आइतबार बिहान उनकै निवास कोटेश्वर पुगेका थिए।

दुई नेताबीच भएको छलफलको विषय भने सार्वजनिक गरिएको छैन। यद्यपि सरकार विस्तार र नेपाल पक्षको सहभागिताबारे छलफल भएको हुनसक्ने बुझिएको छ।

यसिअघि शनिबार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासंग पनि भेटवार्ता गरेका थिए। सो अवसरमा केही दिनभित्रै सत्तासाझेदार दलबीच छलफल गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमति भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077