Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता, माओवादीबाट को-को बन्दैछन् मन्त्री ?

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ।

अध्यक्ष प्रचण्ड शनिबार बिहान देउवासँगको भेटवार्ताका लागि बालुवाटार पुगेको देउवानिकट स्रोतले जनाएको छ । स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारबारे देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो। भेटमा प्रचण्डले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नाम सिफारिस गरेको बुझिएको छ । यद्यपि उनीहरुको नामबारे केही खुलाइएको छैन।

पछिल्लो समय माओवादीबाट सबैजना सांसदले मन्त्रीको लागि दबाब दिएको भन्दै अध्यक्ष प्रचण्डले मानसिक तनाबमा परेको बताएका थिए।

हाल कांग्रेस सभापति देउवा नेतृत्वको मन्त्रिमण्डलमा देउवासहित कांग्रेसका चार र माओवादी केन्द्रका दुई मन्त्री रहेका छन्।

यसअघि बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्री चयन गर्ने जिम्मा दलका शीर्ष नेताहरुलाई दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077