काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाली काँग्रेसले महाधिवेशन निर्धारित मितिमा सम्पन्न गर्न नसक्ने दावी गरेका छन् ।
एमाले नेता बाँस्कोटाले बिहीबार सामाजिक संजालमार्फत् ट्वीट गर्दै कांग्रेसले सुन्य समयको प्रबन्ध मिलाउन खोजेको समेत आरोप लगाएका छन् ।
पूर्वमन्त्री बाँस्कोटाले मौका पाए काँग्रेसले अधिवेशन डेढ वर्ष पर सार्ने मौका नपाए वडा तहको अधिवेशन गरेर पालिका, जिल्ला र केन्द्रको अधिवेशन कात्तिक तिर पुर्याउने उल्लेख गरेका छन्।
यस्तै, ट्वीटमा कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ निरंकुश कस्ले भन्दो रहेछ हामी पनि हेरौ त भन्दै कटाक्ष प्रकट गरेका छन् ।
https://twitter.com/GokulPBaskota/status/1420647870374375426