Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माओवादीबाट मन्त्री हुनेहरुको नाम लिएर बालुवाटार पुगे प्रचण्ड, को-को जाँदैछन् सरकारमा ?

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच झण्डै एक घण्टा भेटवार्ता भएको बालुवाटार स्रोतले बताएको छ।

स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्ड पार्टीबाट मन्त्री बन्नेहरुको नाम लिस्ट लिएर देउवालाई भेट्न गएको बुझिएको छ। यद्यपि उनीहरुको नाम भने बाहिर आइसकेको छैन।

यसअघि बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा तत्काल मन्त्रिमण्डल विस्तार गर्नेबारे छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा सहभागी हुने नेताहरुको नाम दिन आग्रह गरेका थिए ।

गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका कांग्रेस सभापति देउवाको मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । हाल देउवा नेतृत्वको सरकारमा माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा गैसकेका छन् भने काँग्रेसबाट वालकृष्ण खाँड, ज्ञानेन्द्र कार्की र उमेश श्रेष्ठले मन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077