Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागिरकसँग 'मानवीयपन' कायम राख्ने प्रहरी कहिल्यै खराब हुदैनन् : आईजीपी क्षेत्री

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले आम नागरिकसँग रहेको मानवीयपन कायम राखी त्यही जगमा दक्ष प्रहरी जनशक्ति तयार गर्न प्रशिक्षण प्रदान गर्नुपर्ने बताएका छन् ।

प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी अधिकृत आधारभूत तालिम र प्रहरी निरीक्षक आधारभूत तालिमको उद्‍घाटन गर्दै आईजीपी क्षेत्रीले उक्त विचार व्यक्त गरेका हुन्। सोही अनुरुप तयार भएका दक्ष प्रहरी जनशक्ति कहिल्यै खराब नहुने उनको भनाइ छ ।

कार्यक्रममा आईजीपी क्षेत्रीले व्यावसायिकताको शिखरसम्म पुर्‍याउन निर्धारित आधारभूत तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने चर्चा गर्दै प्रशिक्षणलाई संगठनले थोपरेको एउटा आधारभूत तालिमको रुपमा मात्र ग्रहण नगरिकन यसले नेतृत्व तहमा पुर्‍याउनको निम्ति योगदान दिने हुनाले प्रशिक्षणलाई विशेष रुपमा ग्रहण गर्न प्रशिक्षार्थीहरुलाई आग्रह समेत गरे ।

नयाँ प्रशिक्षार्थीहरुलाई संगठनको हित तथा विकासको लागि उचित प्रशिक्षण दिन प्रशिक्षकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै आईजीपी क्षेत्रीले प्रशिक्षार्थीहरुमा भएको असल व्यवहार नमेटिने किसिमले प्रशिक्षण प्रदान गर्नुपर्ने बताए ।

व्यक्तिगत परिचय भन्दा पनि संगठनको सदस्यको हैसियतमा सेवा प्रवेश गरेका प्रशिक्षार्थीहरुले प्रशिक्षणसँगै नागरिक केन्द्रीत सेवामा समर्पित हुन आफ्नो व्यवहारमा परिवर्तन गर्दै जानु जरुरी रहेको उनले उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077