Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खगेन्द्र संग्रौलामाथि आक्रोशित बनेका महेश बस्नेत भन्छन् - म असल संस्कारमा हुर्केको मान्छे हुँ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका युवा नेता एवं पुर्वमन्त्री महेश बस्नेतले लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले जथाभावी गफ दिन थालेको उल्लेख गरेका छन्।

यसअघि सामाजिक संजालमा लेखक संग्रौलाले एमाले नेता महेश बस्नेतले धम्क्याएको भन्ने अभिव्यक्ति दिएपछि नेता बस्नेतले त्यस्को प्रतिकार गर्दै आफूले त्यस्तो नभनेको भन्दै प्रतिकार गरेका छन् ।

नेता बस्नेतले पनि सामाजिक सञ्जालबाटै प्रतिकार गरेका छन् 'खगेन्द्र संग्रौला बाजेले आज फेरि अर्को गफ दिएछन। गाली शिरोमणिको उपमा पाएका बाजे अरुलाई होच्याउन र अपमान गर्न निकै सिपालु मानिन्छन् ।'

म भक्तपुरको असल संस्कार युक्त परिवारमा हुर्केको मान्छे हुँ। राजनीतिक रुपमा पनि जेष्ठ नागरिक र अग्रजहरुको सम्मान गर्ने एमाले उक्त पार्टीका नेताहरु मनमोहन अधिकारी र के पी ओलीको अनुयायी हुँ। सेवा र आदरभावका साथ प्रस्तुत हुनु मेरो स्वभाव हो । धम्काउने थर्काउने मेरो शैली होइन ।

जहाँ सम्म अस्ति ९ गते उपत्यका युथ फोर्स कमान्ड घोषण सभामा मैले बोलेको बिषय छ। न खगेन्द्र बाजेलाई धम्की दिएको छ। न माधव नेपाल कमरेडलाई थर्काएको छ। न तेसो गर्न आवश्यक नै छ।

युथ फोर्सले ‘जाई कटक नगर्नु, झिकि कटक गर्नु’ भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशको फलो गर्नेछ । सहज ढंगले आफ्नो लक्षमा हिडनेछ। वाधा अडचन आईपरे मात्र हटाउनेछ। एमालेको पक्ति र जनतासंग सत्रुता साँध्ने शक्ति वाहेक कोही त्रसित हुन आवश्य छैन। युथ फोर्सको गठनले असाहाय, पिडित, गरिव, देशभक्त, प्रगतिशील र जनवादी शक्ति उत्साहित भएको छ। बाँकी कनफ्युजन हटाउन मैले बोलेको सुन्नुहोला।

के भनेका थिए एमाले नेता बस्नेतले ?


सँग्रौलाले महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिएको बताएका थिए ।

https://twitter.com/belakoboli/status/1419272017065381891

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077