Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साइबर सेना लगाएर खगेन्द्र संग्रौलालाई तह लगाउने महेश बस्नेतको धम्की

काठमाडौं । वरिष्ठ लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले एमालेका युवा नेता महेश बस्नेतले आफुलाई तह लगाउने धम्कि दिएको बताएका छन्।
लेखक संग्रौलाले सामाजिक संजाल ट्विटरमार्फत बस्नेतले आफुलाई साइबर सेना लगाएर तह लगाउने धम्की दिएको जानकारी गराएका हुन्।

संग्रौलाले बस्नेतको धम्की एमाले अध्यक्ष केपी शर्मा ओलीको आदेश अनुसार आएको आशंका समेत व्यक्त गरेका छन्। आफुलाई विगतमा संकटकालको बेलामा मण्डले र निरंकुशता पक्षधर शाही सेनाले परोक्ष धम्की दिने गरेको स्मरण गर्दै आहिले गणतन्त्रमा पनि त्यस्तो धम्की नरोकिएको बताएका छन्।

‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ। अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए,’ उनले लेखेका छन्, ‘तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो? यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला। धन्य ओली सर!’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077