Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी टिकटक बनाउने पक्राउ

काठमाडौँ। नेपाल प्रहरीको साइबर ब्यूरोले राष्ट्रपति र प्रधानमन्त्रीको फोटोको दुरुपयोग गरेर टिकटकमा भिडियो बनाउने एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा मेचीनगरका सोमप्रसाद घिमिरे रहेका छन्।

पक्राउ परेका घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो जोडेर टिकटकमा ट्रोल बनाई पोष्ट गरेका थिए।

ब्यूरोका एसएसपी नबिन्द अर्यालका अनुसार पक्राउ परेका घिमिरेलाई विद्युतीय कारोवार ऐन अन्तर्गत जिल्ला अदालत काठमाडौँको अनुमतिमा झापा प्रहरीको सहयोगमा पक्राउ गरिएको साइबर ब्युरोद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

गत साउन ८ गते पक्राउ परेका उनीविरुद्द अदालतबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका एसएसपी अर्यालले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077