Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीडीएमए सीम हुनेलाई टेलिकमको आकर्षक अफर: ६ महिनासम्म निःशुल्क कल, एसएमएस र इन्टरनेट

काठमाडौं । नेपाल टेलिकमले सीडीएमए मोबाइल हुनेहरुको लागि आकर्षक अफरसहितको प्योकज ल्याएको छ । आफूसँग भएको सीडिएमए मोबाइललाई जीएसएम मोबाइलमा रुपान्तरण गर्नेका लागि टेलिकमले यस्तो अफर ल्याएको बताएको हो ।

यसरी मोबाइल ट्रान्सफर गर्नेलाई नयाँ प्राप्त हुने जीएसएम प्रिपेड सीममा ६ महिनासम्म ३०० मिनेट कल, ३०० वटा एसएमएस र ४ जीबी डाटा निशुल्क उपलब्ध हुनेछ ।

त्यस्तै, सीडीएमए पोस्टपेडलाई परिवर्तन गरी जीएसएम पोस्टपेड बनाउनेलाई ६ महिनासम्म मासिक ३०० मिनेट कल, ३०० वटा एसएमएस, सबै नेटवर्कमा ५० मिनेट कल र ६ जीबी डाटा निःशुल्क रुपमा उपलब्ध हुनेछ ।

यसरी सीम परिवर्तन गर्दा सीडीएमएमा रहेको ब्यालेन्स स्वतः नयाँ सीममा ट्रान्सफर हुने र सीम परिवर्तनको शुल्क पनि नलाग्ने टेलिकमले प्रष्ट पारेको छ ।

कस्तो हुन्छ नयाँ नम्बर ?

सीडीएमएलाई परिवर्तन गरी बन्ने जीएसएम प्रिपेडको पछिल्लो ७ वटा नम्बर पहिलेकै हुनेछ भने जीएसएम प्रिपेडको पछिल्लो ६ वटा नम्बर एउटै हुनेछ । उदाहरणको लागि यसअघि ९७४१५५५५५५ नम्बर रहेको फोनको नम्बर अब ९७६१५५५५५५ बन्नेछ । त्यस्तै, अहिले भएको ९७५१०५५५५५ नम्बरको टेलिफोन नम्बर ९८५१३५५५५५ नम्बरमा रुपान्तरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077