Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अर्को चुनावपछि संख्या घटेर प्रचण्डलाई मन्त्री छान्ने तनाव नरहने मुमारामको दाबी

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले मन्त्री छान्न नसक्दा आफू ठूलो तनावमा परेको वताएपछि राजनीतिक विश्लेषक मुमाराम खनालले कडा प्रहार गरेका छन्। खनालले तनाव व्यवस्थापनको तरिका पनि सिकाएका छन् ।

खनालले  ट्विटरमा लेखेका छन् , ‘प्रचण्डजी तनावमा हुनुहुन्छ रे । आफ्ना ४९ जना सांसदहरु सबै मन्त्री बन्न नपाए नेतृत्वलाई गाली गर्दै हिड्छन् रे । पार्टीको भागमा जम्मा ७ जना परेका छन रे । १७ महिना जसोतसो व्यवस्थापन गर्नुस कमरेड, अर्को चुनावसम्म ठिक्क मन्त्री बन्न चाहिने ७ जना मात्र सांसद आउँछन कुरो मिल्छ ।’

प्रचण्डले शनिवार आफ्ना ४९ जना सांसद सबै मन्त्रीको दाबेदार भइदिएपछि आफूलाई ठूलो तनाव भएको सार्वजनिक कार्यक्रममै बताएका थिए ।

प्रचण्डको यो भनाईलाई फेसबुक र ट्विटरमा कतिपयले ४९ जनाभित्रै रहेकी पूर्वमन्त्री एवं  बुहारी बिना मगरलाई मन्त्री बनाउन नपाएको झोंक फेरेको भन्दै ठट्टा र व्यंग्य गरेका छन् । प्रचण्ड अहिले पनि बुहारी बिनालाई मन्त्री बनाउने योजनामा रहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077