काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी र आइपिएसकोको कुरा छिराएर गठबन्धन भाँड्ने खतरा रहेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले एमालेभित्रबाट अझै पनि गठबन्ध भत्काउने षड्यन्त्र हुनसक्ने आशंका गरेका हुन् ।
अझै पनि गठबन्धन भत्काउने प्रयास भइरहेको भन्दै प्रचण्डले माधव नेपालसँग आफ्नो कुरा भइरहेको बताए । प्रचण्डले भने– कांग्रेस र कम्युनिस्ट भनेर भत्काउन पनि खोजिँदैछ । तपाईंहरुले देखिरहनु भएकै छ, फर्मानका फर्मान घोषणा भएका छन् एमालेभित्र । अनेक प्वाल खोजेर हान्न खोजिँदैछ ।
सत्ता गठबन्धनमा अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (नेपाल समूह) र जनता समाजबादी पार्टी (जसपा) उपेन्द्र यादव समूह रहेको छ ।
ओलीलाई महाराजाधिराज भनेकोमा धन्यवाद
कार्यक्रममा अध्यक्ष प्रचण्डले आज एमालेका वरिष्ठ नेता माधव नेपाललाई भेटेर शुक्रबारको भाषणका लागि धन्यवाद दिएको बताए । केपी ओलीलाई बडामहाराज भनेकोमा आफूले धन्यवाद दिएको प्रचण्डले बताए ।
प्रचण्डले भने– हिजो माधवजीले सही भन्नुभयो । महाराजाधिराजले आममाफी दिनुभयो हामी नाच्ने हो कि १ कति मज्जाले भन्नुभयो । बडो सुन्दर व्यंग्यको लागि मैले आज माधवजीलाई भेटेर धन्यवाद पनि दिएँ । गठबन्धन जोगाउन हामी प्रयासमै छौं । प्रचण्ड आज नेता नेपाललाई भेट्न नेपाल निवस कोटेश्वर पुगेका थिए ।
Leave a Reply