Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेले जन्मायो अर्को साइबर सेना, प्रभु साहद्वारा ‘आइटी आर्मी’ गठन

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका नेता एवं पूर्वमन्त्री प्रभु शाहको पहलमा ‘आइटी आर्मी’ गठन हुने भएको छ ।

आज भक्तपुरको लोकन्थलीबाट औपचारिक कार्यक्रममार्फत घोषणा गर्न लागिएको ‘आइटी आर्मी’ एमाले नेता महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै सामाजिक सञ्जालमार्फत क्रियाशील हुने सङ्गठन भएको नेता शाहले जानकारी दिए।

नेता शाहका अनुसार आइटी आर्मीको केन्द्रीय कमिटीमा १५१ सदस्य रहनेछन्। त्यस्तै, प्रदेश कमिटीहरू १०१ सदस्यीय हुने र जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय रहने पूर्वमन्त्री शाहले बताए ।

‘आइटी आर्मी’ को कार्यक्रममा अतिथिका रूपमा पूर्वमन्त्री टोपबहादुर रायमाझी र लेखराज भट्टकासाथै एमाले राष्ट्रियसभा संसदीय दलका नेता सुमन प्याकुरेललगायतका नेताहरूको सहभागिता हुने बताइएको छ।

आइटी आर्मीले सूचना प्रविधिलाई उत्पीडित जनताको पक्षमा प्रयोग गर्ने लक्ष्य राख्ने आयोजकले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077