Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बालुवाटारबाट ओलीको बहिर्गमनपछि प्रचण्डको सुरक्षामा दर्जनौं सुरक्षाकर्मी थपिए

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सुरक्षाका लागि थप सुरक्षाकर्मीको व्यवस्था गरेको छ ।

पछिल्लो समय पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष प्रचण्डको सुरक्षा खतरा बढेसँगै गृहमन्त्रालयले आकस्मिक निर्णय गरी डीएसपी विनोद घिमिरेको नेतृत्वमा थप एक दर्जन सुरक्षाकर्मी थप गरेको हो।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी मापदण्ड २०७७ जारी गर्दै प्रचण्डको सुरक्षामा रहेका ५५ सुरक्षाकर्मी फिर्ता गरेको थियो । उनको सुरक्षामा नेपाल प्रहरीबाट डीएसपीसहित २६ र सशस्त्रबाट इन्स्पेक्टरसहित ४७ जना सुरक्षाकर्मी खटिँदै आएकामा १८ जनामा सीमित गरिएको थियो ।

अंगरक्षक खोसुवामा परेका नेताहरूले गृहमा निवेदन दिएर असन्तुष्टि जनाए पनि ओली सरकारले सम्बोधन गरेको थिएन । सरकार परिवर्तनलगत्तै गृहले आफ्नै कार्यविधि कुल्चिएर पुनः अंगरक्षक खटाउन निर्देशन दिएको हो । गृह स्रोतका अनुसार मन्त्रालयबाट पछिल्लोपटक भएका एक दर्जनजति पटके निर्णय पूर्वमन्त्री भइसकेका विभिन्न राजनीतिक दलका नेताहरूलाई अंगरक्षक खटाउनेसम्बन्धी छन् । ती सबै निर्णय कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयमा पठाइएको छ ।

यसअघि एमाले अध्यक्ष ओलीनिकट कार्यकर्ताहरुले नेता माधवकुमार नेपालको घर घेरेपछि सुरक्षा खतरा अपनाउदै सरकारले थप सुरक्षा सतर्कता अपनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077