Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेमा माधवले नेतृत्व गरे फेरि पनि एकता हुन्छ : प्रचण्ड (भिडियो)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि पनि कम्युनिष्ट एकता हुन सक्ने बताएका छन् ।

गएराती हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले एमालेमा बरिष्ठ नेता माधव नेपालको नेतृत्व भए कम्युनिष्टहरुबीच फेरि एकता हुने बताएका हुन् ।

कार्यक्रमको प्रश्नमा ‘एमाले फुठाउन खोज्दै हुनुहुन्छ नि ?’ भन्नेमा प्रचण्डले भने- ‘एमाले नफुटोस् तर एमालेमा माधव नेपालको नेतृत्व हुनुपर्छ भन्ने मेरो चाहाना हो ।’ केपीलाई हटाएर माधव नेपाल आए फेरि कम्युनिष्ट मोर्चाबद्ध हुने प्रचण्डको भनाई छ ।

हेर्नुहोस भिडियो :

https://www.youtube.com/watch?v=951QMSqlkuM

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077