Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मिटरब्याजमा पैसा लगाई चर्को ब्याज असुल्ने व्यक्ति सीआईबीको फन्दामा

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मिटरब्याजमा पैसा लगाई चर्को ब्याज असुल्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखा जिल्ला मेलुङ घर भई हाल ललितपुरको भैंसेपाटी बस्ने ३३ बर्षीय गणेश उप्रेती रहेका छन्।

सीआईबीका अनुसार पक्राउ परेका उप्रेतीले दोलखाकै प्रकाश कार्की र रामेछाप घर भएका हेमरा गुभाजुबाट पटक पटक गरेर ४ करोड भन्दा बढीको रकम मिटर ब्याजमा लगाई चर्को ब्याज असुल्ने गरेका थिए।

उप्रेतीले उनीहरुलाई सो रकम नदिएमा ज्यान मार्ने धम्की समेत दिँदै आएको सीआइबीले जनाएको छ।

यस्तै, सीआईबीको टोलीले उनको साथबाट विभिन्न व्यक्तिहरुको नाममा रहेको १९ करोड भन्दा माथिको रकम बराबरको छेक समेत बरामद गरेको छ।

पक्राउ परेका उप्रेतीमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077