Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अरिंगाल झै जाइलाग्ने भन्दै महेश बस्नेतद्वारा अखिल फोर्स र वाइसीएललाई धम्की !

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीनिकट  एमालेका नेता महेश बस्नेतले काठमाडौंमा साउन ९ गते युथफोर्सले मार्चपास गर्ने वताएका छन्।

उक्त मार्चपासमा १० हजार युथफोर्सका कार्यकर्ता उतार्ने बस्नेतले दाबी गरेका छन् । बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कसैले षड्यन्त्र गरे अरिंगाल झै जाइलाग्ने बताए।

भक्तपुरको गुण्डुमा काठमाडौं उपत्यकाका युथफोर्सका अगुवा कमान्डरहरुलाई प्रशिक्षण दिँदै  बस्नेतले  वाइसीएल जस्तो अपराध गरेर युथफोर्स नहिँड्ने पनि वताए ।उनले भने , 'हामीलाई कसैले प्रहार गर्छ भने छाड्दैनौं ।’

बस्नेतले माधव कुमार नेपाल समूहले गठन गरेको अखिल फोर्सको कुनै अस्तित्व नभएको समेत बताए ।

कार्यक्रममा बस्नेतले खुकुरीको धार बनेर निष्कन भन्दै उत्तेजक अभिव्यक्ति दिएका थिए । गत असार २८ गते सर्वोच्च अदालतको आदेशबाट सत्ताच्युत भएको भोलीपल्टै ओलीको निर्देशनमा युथ फोर्स ब्युताइँएको हो ।

बस्नेतले तालिममा  उत्तेजक अभिव्यक्ति दिएर हत्या हिंसामा उत्रन सहभागीहरुलाई तालिम दिएको  वताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077