Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महेश बस्नेतको युथ फोर्सलाई काउन्टर दिन अखिल फोर्स गठन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल पक्षले पनि अखिल फोर्स गठन गरेको छ ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच माधव नेपालनिकट अनेरास्ववियूले तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरेको अनेरास्ववियुका सह–अध्यक्ष वासिम आलमले बताए ।

ओली पक्षले युथ फोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन आफूहरुले अखिल फोर्स गठन गरिएको नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए । उनले भने, 'ओली समूहलाई ‘काउन्टर’ दिन अखिल फोर्स गठन गरेका हौं । अब देशैभर संगठन निर्माण हुन्छ ।’

गत सोमबार ओली पक्षले नेता महेश बस्नेतको अगुवाईमा क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स पुनर्गठन गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077