काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण कार्यक्रममा ढिलाई गरिएको भन्दै नेकपा माओवादी केन्द्रका प्रवक्ता एवम् राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठ शितल निवासबाट बाहिरिएका छन् ।
यसअघि सपथग्रहण साँझ ६ बजेको लागि तोकिएको भएपनि सो अनुसारको कुनै तयारी नगरिएको भन्दै श्रेष्ठ शितल निवासबाट बाहिरिएका हुन् ।
प्रधानमन्त्रीमा नियुक्त देउवासँगै कांग्रेसबाट बालकृष्ण खाँणले गृहमन्त्री र ज्ञानेन्द्र बहादुर कार्कीले कानुनमन्त्री, र माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुषालले उर्जामन्त्रीको सपथ लिने कार्यक्रम छ ।
प्रधानमन्त्रीमा नियुक्त देउवाले आफूलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको विज्ञप्तीमा संविधानको कुनै धारा उल्लेख नगरिएको भन्दै असन्तुष्टि जनाएका कारण सपथ ग्रहण ढिला भएको हो। यद्यपि उक्त विज्ञप्ति राष्ट्रपति कार्यालयले सच्च्याई सकेको छ।