Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीलाई बालुवाटारदेखि बालकोटसम्म २ हजार गाडी र ३ हजार मोटरसाइकलले स्कर्टिङ गर्ने महेश बस्नेतको दाबी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले आफ्नो भ्रातृ संगठनको रूपमा युथ फोर्सलाई ब्युँताएको छ ।

आज युवा संघको बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्युँताएको हो। जस अन्तर्गत उपप्रमुखमा पुष्पराज श्रेष्ठ तोकिएका छन्।

एमाले युवा संघका इञ्चार्ज तथा सांसद महेश बस्नेतले नेकपा एमालेमाथि भइरहेको चौतर्फी घेराबन्दीको प्रतिरोध गर्न युथफोर्स ब्युँताइएको बताए। 'अहिले एमालेलाई बौद्धिक अराजकतावादी तथा विपक्षी गठबन्धनका नाममा घेराबन्दी गरिएको छ, सांसद बस्नेतले भने, 'त्यसको प्रतिरोध युथ फोर्सले गर्नेछ।

‘पार्टीको विचार, नीति तथा कार्यक्रमलाई प्रचारप्रसार गर्दै, साइबर सेनाले सामाजिक सञ्जालमा गरिरहेको कार्यक्रमलाई परिस्कृत गर्दै युथफोर्स अन्य गतिविधिमा संलग्न हुने छ,’ बस्नेतले भने।

बस्नेतका अनुसार बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारदेखि बालकोटसम्म दुई हजार गाडी र तीन हजार मोटरसाइकलले स्कर्टिङ गर्ने कार्यक्रम रहेको छ।

युथ फोर्स तत्कालीन महासचिव झलनाथ खनालको पालामा गठन गरिएको थियो। माओवादीको वाइसिएलका नाममा गतिविधि बढेपछि एमालेले त्यसलाई काउन्टर दिन युथ फोर्स गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077