Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संयुक्त विद्यार्थी संगठनको ७ बुँदे प्रेस विज्ञप्ति, भाेलिदेखि निगमका गाडी चल्न नदिने घोषणा (भिडियो)

काठमाडाैं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिका विरुद्धमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।

गत असार २४ गते नेपाल आयल निगमलाई मूल्यबृद्धि फिर्ता गर्नका लागि दिइएको ७२ घण्टे अल्टिमेटमको बेवास्ता गर्र्दै माग सम्बोधन नगरेको भन्दै विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।

घोषित आन्दोलनका कार्यक्रमहरुमा असार २८ गतेदेखि निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने र असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077