Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहुकल थापाले लगाए एआईजीको फूली, आईजीपीद्वारा नयाँ कार्य योजनाकासाथ काम गर्न निर्देशन

काठमाडौं । नेपाल प्रहरीको डीआईजीबाट एआईजीमा बढुवा भएका सहकुलबहादुर थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमकाबीच आईजीपी शैलेश थापा क्षेत्रीले थापालाई एआईजीको दर्ज्यानी चिन्ह (फूली) लगाइदिएका हुन् ।

बिहीबार मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्दै थापालाई एआईजी बनाउने निर्णय गरेको थियो । बढुवा समितिले असार १४ गते थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

दज्र्यानी चिन्ह लगाइदिने क्रममा आईजीपी क्षेत्रीले बढुवा भएका एआईजी थापालाई बधाई दिँदै बढुवापछि प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिएका छन् । संगठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नयाँ कार्ययोजना बनाई आगडि बढ्नुपर्नेमा आईजीपी क्षेत्रीको जोड थियो ।

उक्त अवसरमा एआईजी थापाले नेपाल सरकार एवम् प्रहरी संगठनले विश्वास गरी आफूलाई बढुवा गरेको उल्लेख गर्दै उक्त विश्वासलाई रत्तिभर पनि प्रश्न नआउने गरी प्राप्त जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। एआईजीमा बढुवा भएका थापाको मावन श्रोत तथा प्रशासन विभागमा पदस्थापन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077