Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका चार एआईजीको सरुवा, सहकुल थापा मानव श्रोत विभागमा पदस्थापना

काठमाडौँ । सरकारले नेपाल प्रहरीका चार अतिरिक्त महानिरिक्षक (एआईजी)को सरुवा गरेको छ ।

विहीबार बेलुका बसेको मन्त्रिपरिषदको बैठकले चार एआईजीको सरुवा गर्दै हालै मात्र एआईजीमा बढुवा भएका सहकुल थापाको भने पदस्थापन गरेको छ ।

सरकारले महानगरीय प्रहरी कायालय, रानीपोखरीमा कार्यरत हरिबहादुर पाललाई प्रहरीको कार्य विभागका सरुवा गरेको छ भने, महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रद्युम्न कार्कीलाई सरुवा गरेको छ ।

यस्तै, भर्खरै बढुवा भएका एआईजी सहकुल थापालाई मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ भने निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभाग र विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077