Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • दक्षिण कोरियामा देखिए अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित, देश चौथो ‘वेभ’ मा प्रवेश गरेको घोषणा

    दक्षिण कोरियामा देखिए अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित, देश चौथो ‘वेभ’ मा प्रवेश गरेको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, २४ असार २०७८
  • 3.2K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । त्यहाँ गएको २४ घन्टायता कोभिड १९ का सङ्क्रमितरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।

    प्राप्त समाचारअनुसार त्यहाँ गएको २४ घन्टा यता मात्र कोभिडका सङ्क्रमितहरु यतिधेरै बढेका हुन् । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार त्यहाँ गएको २४ घन्टामा १ हजार २७५ जना संक्रमित पाइएका छन् ।



    योसँगै दक्षिण कोरियामा कोभिडका संङ्क्रमितको संख्या १ लाख ६४ हजार २८ जना पुगेको बताइएको छ । त्यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका संक्रमितहरुको संख्या बढ्दो देखिएको छ ।



    बुधबार मात्र पनि त्यहाँ देखिएको १ हजार २१२ जना सङ्क्रमित भेटिएको थियो । त्यहाँ बिहीबार देखिएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यसैले त्यहाँका अधिकारीहरुले दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोभिडको चौथो वेभ शुरु भएको बताएका छन् ।

    दक्षिण कोरिायमा केही हप्ताअघिसम्म ७०० भन्दा बढी सङ्क्रमित नरहेकोमा अहिले आएर भने प्रत्येक दिन एक हजार भन्दा बढी संक्रमित भेटिएका छन् । त्यो संख्यामा बृद्धि भएर बुधबार र बिहीबार सङ्क्रमितहरु पाइएको समाचारमा जनाइएको छ ।

    त्यहाँका स्वास्थ्य अधिकारीहरुले यसै हप्ता अर्थात् यही जुलाई १ देखि ७ तारिखसम्ममा देशैभर देखिएको सङ्क्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५३ प्रतिशत बढी देखिएको छ ।

    यो तथ्यांक आएपछि त्यहाँका स्वास्थ्य अधिकारीहरुले दक्षिण कोरिया औपचारिक रुपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका छन् ।

    बिहीबार देखिएका यी सङ्क्रमितहरुमा ६०० भन्दा बढी राजधानी सोलकै रहेका पाइएको छ । यसकारण पनि धेरै पछि यति धेरै संख्यामा सङ्क्रमितहरु देखिँदा देश कोरोना महामारीको अर्काे वेभमा प्रवेश गरेको बताइएको हो ।

    त्यहाँ कोराना विरुद्धको खोपका अभियानलाई ब्यापक बनाइएको छ । जसका कारण त्यहाँ यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या भने कमी देखिएको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार