Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुजिता भण्डारी मृत्यु प्रकरण : घटनाको गहिरो अनुसन्धान गर्न कांग्रेसको माग

चितवन । नेपाली कांग्रेसले चितवन राप्ती नगरपालिका वडा नम्बर ३ की २२ वर्षीया सुजिता भण्डारीको ९ दिनपछि शव फेला परेकोले उक्त घटनाको गहिरो अनुसन्धान गर्न माग गरेको छ।

गत असार ११ गतेदेखि हराइरहेकी भण्डारीको शव आइतबार जंगलमा फेला परेको थियो । उक्त घटनाको गहिरो अनुसन्धान गर्न र दोषीमाथि तत्काल कारबाही गर्न कांग्रेसले माग गरेको छ।

‘पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढंगले भएको मृत्युले गम्भीर आशंका जन्माएको छ । ९ दिनसम्म उनी नभेटिनु, कसैको नियन्त्रण र अपहरणमा परेको सूचना उनले दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु र अन्तिममा जंगलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले आज निकालेको विज्ञप्तिमा उल्लेख छ।

घटनाहरुको गहिरो अनुसन्धान र कार्वाहीका लागि राज्यको गम्भीर तदारुकता चाहिने कांग्रेसको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077