Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पमाथि कर छलेको आरोप

ठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कर छलीको आरोप लागेको छ। पूर्व राष्ट्रपति ट्रम्पको कम्पनी र यसका वित्त प्रमुख एलेन वेसलवर्गले कर छली गरेको आरोप लागेको बीबीसीले जनाएको छ।

सो कम्पनीले करिब तीन मिलियन डलर कर छली गरेको आरोप लागेको हो। अमेरिकी अधिकारीहरुका अनुसार ट्रम्पको कम्पनीले विगतत १५ वर्षदेखि अवैध भुक्तानीमार्फत कर छली गर्दै आएको छ।

तर कम्पनीका कानुनी सल्लाहकार समेत रहेका वेसलवर्गले कर छली नगरेको दावी गरेका छन्। ट्रम्पको होल्डिङ कम्पनीले होटल र गल्फ क्लब लगायतका विभिन्न फर्महरु सञ्चालन गर्दै आएको छ।

उक्त कम्पनीमाथि विभिन्न अपार्टमेन्टहरु भाडामा लिएको विवरण र कर्मचारीको सेवा सुविधा बिस्तारका बारेमा कर विवरणमा नखुलाइएको आरोप लागेको त्यहाँका अधिकारीहरुले जनाएका छन्।डाेलाडोनाल्ड ट्रम्पमाथि

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077