Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्यार्थी संगठनद्वारा पाटन क्याम्पसमा तोडफोड र आगजनी

काठमाडौँ । विभिन्न माग राख्दै तीन विद्यार्थी संगठनले पाटन संयुक्त क्याम्पसमा तोडफोड र आगजनी गर्नुका साथै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले क्याम्पस प्रमुख लक्ष्मण कुँवरको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै तोडफोड गरेका हुन् ।

क्याम्पस प्रशासनले बीएससी सीएसआईटी प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेपछि विद्यार्थी संगठनले विरोध जनाएको हो ।

विद्यार्थी संगठनले आफूहरुसँग सल्लाह नै नगरी नतिजा प्रकाशन गरेको भन्दै क्याम्पसमा आगजनी र तोडफोड गरेका एक विद्यार्थी नेताले बताए । विद्यार्थी संगठनहरुले सोमबार विभिन्न मागसहितको संयुक्त विज्ञप्ति पनि जारी गरेका छन् । त्यसमा क्याम्पसको शैक्षिक र भौतिक सुधारको माग राखिएको छ ।

विद्यार्थीहरुले कोरोना महामारीको समयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभएकाले २०७६ सालको स्नातक तहको सबै संकायको शुल्क मिनाहा गर्नुपर्ने, २०७६ सालको छात्रवृत्ति वितरण गर्नुपर्ने, परीक्षा फारम भर्न छुटेका विद्यार्थीको फारम भर्न दिनुपर्ने, अनलाइन कक्षा प्रभावकारी बनाउनुपर्ने लगायतका माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077