Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाद्वारा इरानको वेबसाइटमा रोक

एजेन्सी । अमेरिकाले इरान सरकारसंग सम्बद्ध ३ दर्जन भन्दा बढी सामाचारसंग सम्बन्धित वेबसाइटहरुमा प्रतिबन्ध लगाएको छ ।

इरानको राष्ट्रपतिमा इब्राहिम रायसी निर्वाचित भएलगत्तै अमेरिकाले इरानी समाचार वेबसाइटलाई निशाना बनाएको हो । कट्टरपन्थी छवी भएका नेता रायसीको आगमनले इरानसँगको सम्बन्ध बिग्रन सक्ने अमेरिकाको अनुमान छ ।

प्रतिबन्ध लगाईएका वेवसाइटहरुले इरानद्धारा गरिएको कुनै पनि कामकारबाहीको दुष्प्रचार गर्ने गरेको पाइएको अमेरिकी अधिकारीहरुको दावी छ ।

प्रतिबन्धित वेवसाइटहरुमा इरानको सरकारी टेलिभिजन च्यानल, हुथी बिद्रोहीको अल मसीराह च्यानल र इरानको अरबी भाषका टेलिभिजन च्यानल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077