काठमाडौं । नेकपा एमालेका युवा नेता एवम् सांसद महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकहल दाहाल ‘प्रचण्ड’को सेटिङमा सर्वोच्च अदालतको फैसला आएको त होइन भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता बस्नेतले प्रचण्डले हिजो आफूले विशेष सूचना प्राप्त गरेको भनेर बोल्न र आज सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिनुले सेटिङ भएको हुनसक्ने जनाएका हुन् ।
नेता बस्नेतले भनेका छन्–‘यो फैसला पछाडि आम रुपमा के प्रश्न उठेको छ भने । अदालतका फैसलाहरु कि सेटिङ्गमा हुने गर्दछन, कि न्यायलयहरुले संभाब्य फैसलाको पूर्व अनुमान खास ठाउँमा दिने गर्दछन्। कि प्रचण्डको भबिष्यबाणी काग कराउनु कुखुरा हराउनु भएको हो। जे भए पनि न्यायालयको बारेमा जे भैरहेको छ ठीक भैरहेको छैन।’
नेता बस्नेतले फेसबुकमा लेखेको स्टाटस यस्तो छ
हिजो माओबादी अध्यक्ष प्रचण्डले धादिङमा आफूले प्रप्त गरेको बिशेष सूचना भनेर जे बोल्नु भएको थियो आज प्रतिनिधिसभा विघटन पछि मन्त्रिपरिषद विस्तार भएको भन्दै दायर भएको रिटमाथि प्रधान न्यायधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सुनियो ।
यो फैसला पछाडि आम रुपमा के प्रश्न उठेको छ भने । अदालतका फैसलाहरु कि सेटिङ्गमा हुने गर्दछन, कि न्यायलयहरुले संभाब्य फैसलाको पूर्व अनुमान खास ठाउँमा दिने गर्दछन्। कि प्रचण्डको भबिष्यबाणी काग कराउनु कुखुरा हराउनु भएको हो। जे भए पनि न्यायालयको बारेमा जे भैरहेको छ ठीक भैरहेको छैन। राजनीति बिग्रदा अराजकता फैलन्छ र न्यायालय बिग्रदा जनतामा निरासा प्रकट हुने गर्दछ त्यसैले सम्बन्धित सबै गम्भिर हुन आवश्यक छ।
जे होस अन्तरिम अदेशको अन्तर्य हेर्दा प्रधानमन्त्रीले गरेको संसद बिघटन गरेर गरेको निर्वाचनको घोषणालाई भने स्विकार गरेको देखियो।
https://www.facebook.com/MaMaheshBasnet/posts/353909239431971