Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रम्पको समर्थनमा 'ओबामाकेयर'लाई दिइएको चुनौती अस्वीकृत

एजेन्सी। अमेरिकी सर्वोच्च अदालतले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको साथ पाएर रिपब्लिकन नेतृत्वमा रहेका राज्यहरूबाट पूर्वराष्ट्रपति बराक ओबामाको स्वास्थ्य सेवा नीतिमा आमूल परिवर्तनको माग गर्दै दिइएका चुनौतीलाई खारेज गरेको छ।

पुरातनवादीहरूप्रति अदालतको झुकाव रहेपनि नौ जना न्यायाधीशहरूमध्ये पक्षमा सात र विपक्षमा दुई जना उभिँदै राज्यहरूसँग कानुनी चुनौती दिने आधार नरहेको फैसला सुनाएका थिए।

समाचार संस्था बीबीसीका अनुसार ओबामाकेयर भनिने स्वास्थ्य सेवामा पहुँचसम्बन्धी ऐन कानुनी चुनौतीबाट सन् २०१० यता जोगिएको यो तेस्रो पटक हो।

कानुनले कम आय भएका दशौँ लाख अमेरिकीहरूलाई स्वास्थ्य बिमासम्मको पहुँच उपलब्ध गराउँछ। पहिला नै भएका स्वास्थ्य समस्याका कारण सेवा उपलब्ध नगराउनबाट यसले बिमा प्रदायकहरूमाथि प्रतिबन्ध लगाएको बीबीसीले उल्लेख गरेको छ ।

बिहीवारको फैसलाले उक्त कानुनका मुख्य प्रावधान असंवैधानिक रहेको भन्ने दाबीबारे भने जवाफ दिएको छैन ।

टेक्सस् र १७ वटा अरू रिपब्लिकन शासन भएका राज्यहरूले उक्त कानुनीमाथि चुनौती दिँदै मुद्दा दायर गरेका थिए।

सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पले उक्त कानुन खारेज गर्ने प्रतिबद्धता जनाएका थिए ।

उक्त कानुन अनुमोदन भएयता बारम्बार कानुनी चुनौतीको सामना गरिरहेको छ।

रिपब्लिकनहरूले संसद्को दुवै सदनमा आफ्नो नियन्त्रण हुँदा त्यसलाई उल्ट्याउने प्रयास गरेका भए पनि विफल भएका थिए ।

यसै, महिनाको सुरुमा ह्वाइट हाउसले ओबामा केयरमार्फत ३ करोड १० लाख मानिसहरूको स्वास्थ्य सेवा सुनिश्चित भएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077