Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अर्थमन्त्री पौडेललाई प्रचण्डको फोन, राहत र उद्धारमा तत्काल बजेट निकासा गरियाेस् !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बाढी-पहिरो प्रभावितहरुको सेवामा जुट्न सरकारसँग आग्रह गरेका छन् ।

प्रचण्डले बुधबार बिहान अर्थमन्त्री विष्णु पौडेललाई टेलिफोन गरी  राहत र उद्धारका लागि तत्काल बजेट निकास गर्न आग्रह गरेको उनका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बताए ।

जुगल्का अनुसार ‘जवाफमा अर्थमन्त्रीले आफू तदाकरुकताको साथ लागिरहेको बताएका छन्।

दुई दिनदेखि आइरहेको बाढी पहिरोले देशभरका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा जुट्न पनि आग्रह गरेका छन्।  बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई राहत दिन तथा घाइतेलाई नि:शुल्क उपचार गर्न प्रचण्डले माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077