Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्रेनले हाई टेन्शन लाइनमा छुँदा दुई जनाकाे मृत्यु

साेलुखुम्बु । जिल्लाको पत्तालेमा ट्रकमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा ट्रकका चालक बाग्लुङका २६ वर्षीय भूमिराज मरासिनी र क्रेनका चालक स्याङजाका २४ वर्षीय रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा मृतक परियारका श्रीमती लीला परियार र गुल्मीका वसन्त पौडेल रहेका छन् ।

सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कटवालका अनुसार आज बिहान साढे आठ बजेतिर ग १ क ५१ ७३ नम्बरको ट्रकमा लोड गरेर लगिएकाे क्रेनले हाई टेन्शन लाइनकाे तारमा छाेएकाे हो । करेन्ट लाग्दा गाडीमा आगलागी भएको प्रहरीले जनाएको छ ।

सोलु हाइड्रोपावर ८६ मेगावाटको हाइड्रोपावरको क्रेन पोखरा मर्मतका लागि लैजाँदै गर्दा दुर्घटना भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077