Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् नयाँ बन्न लागेका ८ मन्त्रीहरु (नामावलीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपालाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेपनि अझै पूर्णता पाउन भने सकेको छैन।

स्रोतका अनुसार आज प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिन आफूसँग राखेकाे आठ वटा मन्त्रालयकाे जिम्मेवारी दिइ नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने तयारी गरेका छन् ।

स्रोतका अनुसार नयाँ बन्न लागेका मन्त्रीहरुको नाम यसप्रकार रहेको छ।

१. नारदमुनी राना, वनमन्त्री

२. मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

३. खगराज अधिकारी, गृहमन्त्री

४. नैनकला थापा, संचारमन्त्री

५. ज्वालाकुमारी साह, कृषिमन्त्री

६. . राजकिशोर यादव, उद्योगमन्त्री

७. गणेश पहाडी, सामान्य प्रशासनमन्त्री

८. आशा विक, वनराज्यमन्त्री

प्रधानमन्त्री ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैंले सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077