Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मन्त्रिपरिषद् विस्तारको तयारी : बादल पत्नी नैनकला संचारमन्त्री

    मन्त्रिपरिषद् विस्तारको तयारी : बादल पत्नी नैनकला संचारमन्त्री

    अनलाइन नेपाल
  • बिहिबार, २७ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपालाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेपनि अझै पूर्णता पाउन भने सकेको छैन।

    स्रोतका अनुसार आज प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिन आफूसँग राखेकाे आठ वटा मन्त्रालयकाे जिम्मेवारी दिइ नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने तयारी गरेका छन् ।



    प्रधानमन्त्री ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैंले सम्हाल्दै आएका छन् ।



    स्रोतका अनुसार नयाँ बन्न लागेका मन्त्रीहरुको नाम यसप्रकार रहेको छ।

    १. नारदमुनी राना, वनमन्त्री

    २. मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

    ३. खगराज अधिकारी, गृहमन्त्री

    ४. नैनकला थापा, संचारमन्त्री

    ५. ज्वालाकुमारी साह, कृषिमन्त्री

    ६. . राजकिशोर यादव, उद्योगमन्त्री

    ७. गणेश पहाडी, सामान्य प्रशासनमन्त्री

    ८. आशा विक, वनराज्यमन्त्री

    संचारमन्त्री बन्न लागेकी नैनकला यसअघि गृहमन्त्रीमा रहेका रामबहादुर थापा बादलको पत्नी हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार