Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् ती मन्त्री जसले पदमुक्त भएपछि सजिलै सरकारी निवास छाडे

रामनारायण यादव / जनकपुरधाम । प्रदेश नं २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल पदमुक्त भएसँगै सरकारी निवास छाडेका छन् ।

सरकारी निवास छाडनुअघि उनले आफ्नो लागि प्रदेशको राजनीति निकै भाग्यको कुरा भएको बताउँदै ३ वर्षसम्मका सहयात्री र सहयोगीहरुलाई जादाँ जादै धन्यवाद समेत दिए ।

सोमबार बिहान सरकारी निवास मधेश भवनबाट एउटा सामान्य झोला मात्र बोकेर उनी मोटरसाइकलमा सवार भई बाहिरिएका थिए ।

मन्त्री सोनलले सामान्य रुपमा निवास छोडेर बाहिर निस्केको तस्विर यतिबेला सामाजिक सञ्जाल भाइरल बनेको छ । सामाजिक सञ्जालमा राखिएको सो तस्वीर केही समयमै भाइरल बनेको हो । निकै सरल तरिका र सामान्य ढंगले निवासबाट बाहिरिएको भन्दै उनको चौतर्फी प्रशंसा भइरहेको छ ।

विदा हुनुअघि कर्मचारी, बुद्धिजीवि, मुख्यमन्त्री, मन्त्री, सञ्चारकर्मीलगायतका सबै पक्षले आफ्नो काममा गरेको रचनात्मक सहयोगको उनले प्रशंसा गरे ।

मन्त्री निवासबाट बाहिरिनेक्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूलाई पार्टीले अन्य जिम्मेबारी नदिएसम्म प्रदेशमै रहेर जनता तथा पार्टीको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘म मन्त्री पदमा नरहेपनि देश, प्रदेश र जनताको विकासमा केन्द्रित भएर काम गरि रहने उनले भने ।

आइतवार साँझ मुख्यमन्त्री लालबाबु राउतले जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका एक मन्त्रीसहित तीन राज्यमन्त्री पदमुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077