काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो कारणले पार्टी एकताको प्रयास असफल भएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ भ्रामक र षड्यन्त्रपूर्ण भएको दाबी गरेका छन्।
नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आइतबार राति एक सार्वजनिक विज्ञप्ति जारी गदै आफूले पार्टी एकताका लागि प्रयास गरे पनि माओवादी अध्यक्ष प्रचण्डका कारण एकता हुन नसकेको जनाएका थिए ।
आज अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई जवाफ दिँदै आफ्ना कारण एकता असफल नभएको जिकिर जिकिर गर्दै ओलीको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गरेको बताए।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सामाजिक सञ्जाल ट्वीरमार्फत भनेका छन्,‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ,’ ‘त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु।’
https://twitter.com/cmprachanda/status/1401800318552211458