Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद् विस्तारको पुनः तयारी, आज साँझसम्म थप मन्त्रीकाे शपथ हुनसक्ने !

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको गृहकार्यलाई पुनः तीव्रता दिदिएका छन् ।

आफूसँगै थप सात मन्त्रालय राखेका प्रधानमन्त्री ओलीले सम्भवतः आज साँझसम्म केही मन्त्रीलाई शपथ गराउने तयारीमा रहेको स्रोतले जानकारी दिएको छ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफूसँग रहेको मौजुदा मन्त्रालयमा नेकपा एमालेबाटै मन्त्री बनाउने गृहकार्यमा रहेको पार्टीका नेताहरु रहेका छन्।

स्रोतका अनुसार नेता माधवकुमार नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरुसँग सहमतिको संवाद जारी रहेकाले सो पक्षका नेताहरु सहमतिमा आएमा उनीहरुलाई समेत मन्त्री बनाउने सोचमा प्रधानमन्त्री रहेका छन्। तर अहिलेसम्म संवादले सार्थकता पाउन सकेको छैन ।

'भोलि साँझसम्म केही मन्त्रीलाई प्रधानमन्त्रीले शपथ खुवाउने तयारी गर्नुभएको छ, प्रधानमन्त्रीको गृहकार्य त्यतै लक्षित देखिन्छ ।” भोलि शपथ खानसक्ने सम्भावित मन्त्रीमा महेश बस्नेत, खगराज अधिकारी, नारदमुनि रानाको नाम अग्रपङ्क्तिमा छ, ओली पक्षमा एक नेताले भने, प्रधानमन्त्रीका विश्वासिलो पात्रको रुपमा परिचित बस्नेत मन्त्रीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको जिम्मेवारीमा आउने सम्भावना रहेको ती नेताको भनाइ छ।

सोहीअनुसार यसअघि परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवाली पुनः मन्त्रीमा दोहोरिने सम्भावना रहेको एमाले वृत्तमा चर्चा छ । ज्ञवाली दोहोरिएमा उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री ओलीले गरेको बुझिएको छ ।

प्रधानमन्त्री ओलीसँग अहिले मौजदा रहेको मन्त्रालयमा उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हुन् ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुलाई समेटेर शुक्रबार मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077