Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नवनियुक्त मन्त्रीहरूको शपथ बेलुकी ८ बजे

    नवनियुक्त मन्त्रीहरूको शपथ बेलुकी ८ बजे

    अनलाइन नेपाल
  • शुक्रबार, २१ जेष्ठ २०७८
  • 4.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका नवनियुक्त मन्त्रीहरूलाई आजै शपथ ग्रहण गराइने भएको छ ।

    शितल निवासस्थित राष्ट्रपति कार्यालयका अनुसार आज बेलुकी ८ बजे नवनियुक्त मन्त्री एवं राज्यमन्त्रीहरूलाई शपथ ग्रहण गराइने भएको हो।



    प्रधानमन्त्री ओलीले जसपाका ८ मन्त्री र २ राज्यमन्त्रीलाई सरकारमा सहभागी गराउँदै छन् भने एमालेबाट वर्तमान अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्री, शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्री र रघुवीर महासेठलाई परराष्ट्र मन्त्रीको जिम्मा दिएका छन्।



    एमालेका यी मन्त्रीहरु र जसपाका १० जना मन्त्रीहरु सबैलाई एकैचोटी सपथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ।

    जसपाबाट मन्त्री बन्नेहरुमा राजेन्द्र महतो, उपप्रधानमन्त्री तथा सहरी विकास, शरद सिंह भण्डारी, ऊर्जा तथा जलस्रोत, अनिल झा, खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण, भूमि व्यवस्था तथा सहकारी, बिमल श्रीवास्तव, श्रम तथा रोजगार, उमाशंकर अरगरिया, वन तथा वातावरण चन्दा चौधरी, महिला तथा बालबालिका, एकवाल मियाँ, युवा तथा खेलकूद, चन्द्रकान्त चौधरी, ऊर्जा राज्यमन्त्री, रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्रीमा सपथ लिदै छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार