Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनमोर्चाका सांसद कृष्ण थापा पदबाट हटाइए

कास्की। राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले सांसद पदबाट हटाएको जनाएको छ ।

आज बिहान बसेको पार्टीको केन्द्रीय बैठकले थापालाई पार्टीहित विपरित कार्य गरेको भन्दै सांसद पदबाट हटाएको जनाएको हो । पार्टीका अनुसार सांसदबाट हटाइएको जानकारी प्रदेशसभा सचिवालयमा दिइएको छ ।

प्रदेशसभा सचिवालय राजमोकी सचेतक पियारी थापाले उनलाई सांसद पदबाट हटाइएको पत्र सचिवालयमा बुझाएको बताइन।

थापाका अनुसार उक्त निवेदन दिउँसो १२:२५ मा सचिवलायमा दर्ता भएको छ । आज १ बजे बस्ने प्रदेशसभाको बैठकमा सूचना पढाएर सुनाइने जनाइँदै थापाले निवेदकको मागबमोजिम सांसद पद खारेज हुने बताइन ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077