Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । संसद विघटनसम्बन्धी मुद्दामा आजका लागि बहस हेर्दाहेर्दैमा सकिएको छ ।

रिट निवेदक पक्ष र सरकारी वकिलहरुले संवैधानिक इजलासका न्यायाधीशमाथि उठेको प्रश्नबारे बहस गरेपछि  मुद्दाको तथ्यमा छलफलनै नभएकाले हेर्दाहेर्दैमा राखिएको हो ।

संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ नेकपा विभाजनसम्बन्धी मुद्दाको सुनुवाइ गर्ने इजलासमा रहेका कारण अहिले उनले संसद विघटनको मुद्दा हेर्न नहुने रिट निवेदक पक्षका वकिलले बताएका छन् । तर, सरकारी वकिलले त्यसको प्रतिवाद गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।

यसअघि गत जेठ ७ गते मध्यराति विघटित संसद पुनःस्थापना गर्न माग गर्दै सर्वोच्चमा ३० वटा रिट दायर गरिएका थिए । जसमा विपक्षी गठबन्धनहरुका नेता (कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसहित) १४६ जना सांसदले संसद पुनःस्थापना गरी कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077