Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कोरोनाबाट श्रीमानको मृत्यु भएपछि श्रीमतीले गरीन् आत्महत्या

कैलाली । कोरोना भाइरस संक्रमणबाट श्रीमानको मृत्यु भएपछि उनकी श्रीमतीले आत्महत्या गरेकी छिन्।

बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको डडेल्धुरा अस्पतालमा संक्रमणबाट मृत्यु भएपछि अस्पतालमा कुरुवा बसेकी उनकी श्रीमती सरिता रावतले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

शनिबार बिहान करिब साढे ९ बजेतिर डडेल्धुरा अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा ज्यान गुमाएका कठायतकी श्रीमतीले नजिकैको जंगलमा झुण्डिएर आत्महत्या गरेको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए।

रावतका अनुसार लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु दुवै जनाले गत वर्षको असोजमा मात्र विवाह गरेका थिए । सरिता स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत थिइन् भने कठायतले हालै स्नातकोत्तरको अध्ययन सकेका थिए ।

मृतक कठायतको शनिबार अन्त्येष्टि गरिएको छ भने उनकी श्रीमती सरिताको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको वडाध्यक्ष रावतले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077