Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद विघटनको रिटमाथि बहस गर्न टाइम कार्ड लागू, निवेदकलाई १० मिनेटको समय

काठमाडौं । संसद विघटनविरुद्ध संवैधानिक इजलासमा दायर भएका रिटहरुको सुनुवाइमा बहस गर्न टाइमकार्ड लागू हुने भएको छ।

आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले रिट निवेदकलाई बहस गर्न १० मिनेटको समय तोकिदिएका हुन् । वरिष्ठ अधिवक्ताहरुको हकमा भने टाइम कार्ड लागू नगरिएको बताइएको छ।

आजबाट संसद विघटनविरुद्ध संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो।

प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077