Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काँग्रेसले एमालेको घरमा डकैती गर्यो : गोकुल बाँस्कोटा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले एमालेको घरमा नेपाली काँग्रेसले डकैती गरेको आरोप लगाएका छन् । उनले डकैती हानेर धनमाल लाने उल्टै ती मेरै हु भन्ने गरेको भन्दै प्रश्न समेत गरे ।

आज बिहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै एमाले नेता बाँस्कोटाले प्रश्न गरेका छन्, एमालेको घरमा काँग्रेसले डकैती हानेर धनमाल लाने उल्टै ती मेरै हुन् भन्ने ? काँग्रेसमाथि निर्दलीयताको पक्षपोषण गरेको आरोप लगाउँदै लोकतन्त्रको गीत गाउने हक गुमाएको उनको टिप्पणी छ।

'एमालेको घरमा काङ्ग्रेसले डकैती हानेर धनमाल लाने उल्टै ती मेरै हुन भन्ने? काङ्ग्रेसले निर्दलीयताकको पक्षपोषण गरेकोले लोकतन्त्रको गीत गाउने हक गुमायो।७६को ५ले स्पष्ट रुपमा दुई वा दुईभन्दा बढी दलकै समर्थन खोजेको छ सांसदहरुको स्वतन्त्र समर्थनलाई अस्विकार गरेको छ। २ र ५ जोडेर हेरौ न ।' उनले लेखेका छन्।

https://twitter.com/GokulPBaskota/status/1397769957950124039

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077